ओलीको भेलामा विद्या भट्टराई अनुपस्थित

नेकपा अध्यक्ष ओली निकट मानिएकी सांसद विद्या भट्टराई अधिकारी सोमबार आयोजित भेलामा गइनन् । भेलामा नजानुको विशेष कारण नभएको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड माधव पक्षको आइतबारको स्थायी समिति बैठकले ओलीलाई कारवाही गर्ने निर्णय गरेपछि ओलीले आफू पक्षीय सांसदहरुको भेला बोलाएका थिए । भेलामा ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका दुईजना सांसद सहभागी भएका छन् ।

शेरबहादुर तामाङ र छक्कबहादुर लामाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । भेलामा ओलीले विशेष सम्बोधन गर्दै संसद विघटन गर्ने निर्णय सर्वोच्चले उल्ट्याउन नसक्ने बताएका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।