प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संसदमा सहभागी दललाई बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ।
आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।




