ओली पक्षीय भेला : लेखराज डायसमा, बादल, टोपबहादुर र हरिबोल अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विघटित प्रतिनिधि सभाका सांसदहरुको भेला बालुवाटारमा भइरहेको छ ।

ओली पक्षमा रहने अनुमान गरिएका पूर्वमाओवादी नेता भेलामा उपस्थित भएनन् । पूर्वमाओवादी नेता तथा उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्रीसँगै डायसमै बसेका छन् भने टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायतका नेता भने भेलामा गएनन् ।

यसअघि विभिन्न मोडमा ओलीलाई साथ दिएका गृहमन्त्री रामबहादुर थापा पनि भेलामा आएनन् ।ओली निकट नेता कृष्णप्रसाद दाहाल पनि भेलामा आएनन् ।