मुख्य समाचार

यस्तो आउला ओलीको काउन्टर प्रतिवेदन ? (पूर्णपाठ)

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक २८ गते बसेको सचिवालय बैठकमा २० पेज लामो राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। प्रचण्डको प्रतिवेदनको खण्डनका लागि समय चाहिएकाले अध्यक्ष केपी शर्मा ओलीले १३ गतेसम्मका लागि समय मागेका छन्। प्रचण्डको प्रतिवेदनविरुद्ध ओलीको प्रस्ताव कस्तो आउला ? धेरैको जिज्ञासा छ। मेरो विचारमा ओलीको प्रतिवेदन यस्तो आएमा नेकपाभित्रको विवाद समाधान हुनेछ। आउला त ओलीको यस्तो प्रस्ताव ? त्यसका लागि… पुरा पढौ

घान्द्रुकमा व्यवसायीक अलैंची खेती

सिजन पर्यटनको हो । पर्यटन व्यवसाय भने सुनसान छ । पर्यटकीय घान्द्रुक गाँउ पर्यटक विहीन छ । पर्यटक आगमनमा रोक लगाइएको छ । होटलहरु सबै मंसिरको पहिलो सातासम्म बन्द छन् । होटल सबै बन्द भएपछि स्थानीयबासीहरु भने व्यवसायिक खेतीको रुपमा लगाइएको अलैंची खेती स्याहार तथा अलैंची टिप्न व्यस्त छन् । घान्द्रुकमा अलैंची खेती शुरु गरिएको लामो समय भने भएको छैन् । २०७३ सालदेखि खेती शुरु गरिएको थियो । लगाइएको तीन… पुरा पढौ

मर्दी आरोहण : साहासिक पर्यटन सँगै अपूर्व दृश्यावलोकन

छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल साहासिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य हो । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भएको मर्दी हिमाल आरोहण विषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए । अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोण गरेको पाँच हजार पाँच सय ८७ मिटरको उचाईमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राका क्रममा देखिएका मानवीय… पुरा पढौ

थापा काँग्रेस सहमहामन्त्री, मोहन पाण्डे सांसद

सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो । सुनील राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् । थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । उनीहरु साउन १३ गते कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले सांसद सूर्यबहादुर केसीको… पुरा पढौ

४ बजे सचिवालय बैठक, ओलीसँग वारपारको अन्तर्संघर्ष हुँछ : प्रचण्ड

सत्तारुढ नेकपाको सचिवालय बैठक आज ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै छ । विवादका बीच हुन लागेको बैठकलाई निकै चासोका साथ हेरिएको छ । बैठकअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरु ४ सचिवालय सदस्यलाई पत्र लेखेका छन् । पत्रमा ५ सदस्यले गुटबन्दी गरेको, सरकारलाई असफल बनाउन भूमिका खेलेको लगायतका आरोप लगाएका छन् । बैठकअघि प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँगको अन्तर्संघर्ष वारपारको हुने जनाएका… पुरा पढौ

नेकपा सचिवालय बैठक शुक्रबार

नेकपाका बहुमत सचिवालय सदस्यले शुक्रबारको सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् । पार्टीमा आन्तरिक विवाद बढे पनि पार्टीका कुनै पनि तहका बैठक हुन सकेका थिएनन् । विहीबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बहुमत सचिवालय सदस्यबीच यो विषयमा छलफल भएको छ । बैठकले शुक्रबारको बैठकमा एकै मत बनाएर प्रस्तुत हुने निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव… पुरा पढौ

४ बजे सचिवालय बैठक, त्यसअघि प्रचण्ड-ओली वार्ता

नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । सचिवालय बैठक बोलाएर प्रचण्ड ओलीलाई भेट्न वालुवाटार पुगेका हुन् । भेटपछि कार्यकारी अध्यक्ष प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक सहभागी हुने छन् । नेकपाभित्रको विवाद र सचिवालय बैठकबारे ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ । दुई अध्यक्षबीच सहमतिपछि मात्र बैठक बोलाउने ओलीले बताइहँदा, प्रचण्डले भने सबै विषय सचिवालय बैठकमै राख्नुपर्नेमा जोड दिएका छन् । पुरा पढौ

अमेरिकी पहिलो महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छिन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । कमलाले अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् । कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन र गेराल्डीन फेरारो बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् । को… पुरा पढौ

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति

संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् । अब उनले आगामी चार… पुरा पढौ

ओलीलाई नेकपा बैठक बोलाउन लिखित अनुरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताबीचको छलफल सकिएको छ। सचिवालय बैठक बोलाउन ओलीलाई सामूहिक रुपमा लिखित आग्रह गर्न अध्यक्ष प्रचण्डसहित पाँच शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय लिखित पत्रमा समेटिएका छन् । तत्काल पार्टी सचिवालय बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरिएको नेकपाका प्रवक्ता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं