थापा काँग्रेस सहमहामन्त्री, मोहन पाण्डे सांसद

सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेका छन् ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो । सुनील राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् ।

थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । उनीहरु साउन १३ गते कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने भएको छ ।