नेकपा सचिवालय बैठक शुक्रबार

नेकपाका बहुमत सचिवालय सदस्यले शुक्रबारको सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् ।

पार्टीमा आन्तरिक विवाद बढे पनि पार्टीका कुनै पनि तहका बैठक हुन सकेका थिएनन् । विहीबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बहुमत सचिवालय सदस्यबीच यो विषयमा छलफल भएको छ ।

बैठकले शुक्रबारको बैठकमा एकै मत बनाएर प्रस्तुत हुने निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

उपाध्यक्ष वामदेव गौतम छलफलमा केही ढिलो पुगेका थिए भने साबिक माओवादी केन्द्रका नेता रामबहादुर थापा भने गएनन् । सचिवालय बैठक शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

file pix