नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ ।
सचिवालय बैठक बोलाएर प्रचण्ड ओलीलाई भेट्न वालुवाटार पुगेका हुन् । भेटपछि कार्यकारी अध्यक्ष प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक सहभागी हुने छन् ।
नेकपाभित्रको विवाद र सचिवालय बैठकबारे ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ । दुई अध्यक्षबीच सहमतिपछि मात्र बैठक बोलाउने ओलीले बताइहँदा, प्रचण्डले भने सबै विषय सचिवालय बैठकमै राख्नुपर्नेमा जोड दिएका छन् ।






