मुख्य समाचार

महिला दिवसकै दिन तेजाब प्रहार

स्वदेश तथा विदेशमा ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहदा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका… पुरा पढौ

राष्ट्रपतिद्धारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिएकी हुन्। उनले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र… पुरा पढौ

१२ वर्षपछि पक्राउ परे पत्रकारका हत्या आरोपी

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलबाट प्रहरीले पक्रेको हो । फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई अवरोध भएपद्धि ४ राउन्ड हवाइ फायरसमेत गर्नुपरेको थियो । बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । पुरा पढौ

२ राप्रपा मिले, ३ अध्यक्ष हुने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमसेर राणा र डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच शनिबार बेलुका पार्टी एकिकरण भएको छ। थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित एकिकरणसम्बन्धी आधारपत्रमा तीनै जना अध्यक्ष रहने गरी पार्टी एकिकरण गरिएको छ भने सो पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र टुंगो लगाउने सहमति भएको छ। पुरा पढौ

आज दिनभर वर्षा हुने, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

गण्डकी प्रदेशको राजधानी पोखरासहित देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ । पोखरामा राति १ बजेदेखि पानी पर्न शुरु भएको थियो । बिहान ६ बजेसम्म पानी परेको थियो । बिहान ६ बजेदेखि ९ बजेसम्म पानी रोकियो । अहिले पुनः पानी पर्ने संकेत गरेको छ । देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए… पुरा पढौ

बाल यौन दुर्व्यवहारमा पक्राउ परेका विश्वराज बास्तोला धरौटीमा छुटे

बाल यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका भाष्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोला २ लाख धरौटीमा छुटेका छन् । बास्तोला जिल्ला अदालत कास्कीका न्यायाधीश तेजेन्द्र सापकोटाको आदेशमा धरौटीमा छुटेका हुन् । फागुन २ गते स्कुलकै १ छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका बास्तोलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ वर्ष कैद र ३० हजार धरौटी मागदाबी गरेको थियो । बास्तोलाले यसअघि पनि विद्यालयमा यस प्रकारका घटना गराएको र भित्रभित्रै मिलाइएको स्रोत… पुरा पढौ

लायन्स गभर्नरमा रोका र फष्ट भिपिमा आचार्यको उम्मेदवारी

लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ नेपालको वर्ष २०२०/२०२१ का लागि गभर्नर र फष्ट भाइस गभर्नर पदमा उम्मेदवारी मनोनयन भएको छ । गभर्नर पदमा मनबहादुर रोका र फष्ट भाइस गभर्नरमा विश्वेश्वर आचार्यले उम्मेदवारी मनोनयन गरेका हुन् । लायन वर्ष १०१९/२० मा रोका फष्ट भाइस गभर्नर र आचार्य सेकेण्ड भाइस गभर्नर भएर काम गरेका थिए । बाग्लुङमा जन्मिएका रोका हाल काठमाडौंमा स्थायी बसोबास गर्छन् भने आचार्य कास्की निवासी हुन् । यी… पुरा पढौ

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने, किन ?

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा राति दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको संगम वेणीमा दाहसंस्कार गर्न देशभरबाट मृत शरीर ल्याउने गरिन्छ । उक्त संगममा दैनिक १० भन्दा… पुरा पढौ

सशस्त्र प्रहरी निरीक्षक चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सशस्त्र इन्स्पेक्टर चापागाईविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भनी पटक–पटक दुःख हैरानी दिई ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ। पुरा पढौ

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

बालुवाटारको जग्गा अनियमितता प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदातलमा उपस्थित हुन म्याद जारी गरेको छ । बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध अख्तियाले ९ करोड ६५ लाख ७६ हजार बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियाराले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं