लायन्स गभर्नरमा रोका र फष्ट भिपिमा आचार्यको उम्मेदवारी

लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ नेपालको वर्ष २०२०/२०२१ का लागि गभर्नर र फष्ट भाइस गभर्नर पदमा उम्मेदवारी मनोनयन भएको छ ।

गभर्नर पदमा मनबहादुर रोका र फष्ट भाइस गभर्नरमा विश्वेश्वर आचार्यले उम्मेदवारी मनोनयन गरेका हुन् । लायन वर्ष १०१९/२० मा रोका फष्ट भाइस गभर्नर र आचार्य सेकेण्ड भाइस गभर्नर भएर काम गरेका थिए ।

बाग्लुङमा जन्मिएका रोका हाल काठमाडौंमा स्थायी बसोबास गर्छन् भने आचार्य कास्की निवासी हुन् ।

यी दुवै पदमा लायन्स सदस्यहरूको एस मतको आधारमा सिधै निर्वाचित हुने व्यवस्था छ । जसका कारण रोका गभर्नर र आचार्य फष्ट भाइस गभर्नर बन्ने पक्का छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आठौं महाधिवेशन आगामी २०७७ वैशाख १२ र १३ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा चासो हुने पद सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा अहिलेसम्म कसैको उम्मेदवारी नपरेको बताइएको छ ।

Image may contain: 10 people, including Indu Lamsal, Balkrishna Burlakoti and Man Bahadur Roka, people standing and suit
Image may contain: 9 people, including Balkrishna Burlakoti, Indu Lamsal and Lion Dhana Raj Acharya, people standing
Image may contain: 8 people, including Seeya Lamichhane, Rajan Lamsal and Balkrishna Burlakoti, people standing
Image may contain: 8 people, including Man Bahadur Roka, Rajan Lamsal and Seeya Lamichhane, people standing and indoor
Image may contain: 9 people, including Rajan Lamsal, Balkrishna Burlakoti and Lion Dhana Raj Acharya, people standing