२ राप्रपा मिले, ३ अध्यक्ष हुने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमसेर राणा र डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच शनिबार बेलुका पार्टी एकिकरण भएको छ।

थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित एकिकरणसम्बन्धी आधारपत्रमा तीनै जना अध्यक्ष रहने गरी पार्टी एकिकरण गरिएको छ भने सो पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र टुंगो लगाउने सहमति भएको छ।