बालुवाटारको जग्गा अनियमितता प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदातलमा उपस्थित हुन म्याद जारी गरेको छ ।
बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध अख्तियाले ९ करोड ६५ लाख ७६ हजार बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियाराले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।
अख्तियारले दोषी देखाइ मुद्दा दायर गरेका अन्य पूर्वप्रशासकहरुको नाममा पनि अदालतले म्याद जारी गरिसकेको छ ।






