बाल यौन दुर्व्यवहारमा पक्राउ परेका विश्वराज बास्तोला धरौटीमा छुटे

बाल यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका भाष्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोला २ लाख धरौटीमा छुटेका छन् ।

बास्तोला जिल्ला अदालत कास्कीका न्यायाधीश तेजेन्द्र सापकोटाको आदेशमा धरौटीमा छुटेका हुन् ।

फागुन २ गते स्कुलकै १ छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका बास्तोलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ वर्ष कैद र ३० हजार धरौटी मागदाबी गरेको थियो ।

बास्तोलाले यसअघि पनि विद्यालयमा यस प्रकारका घटना गराएको र भित्रभित्रै मिलाइएको स्रोत बताउँछ ।

विद्यालयका कर्मचारी, शिक्षकलाई तल्लो स्तरको व्यवहार गर्ने बास्तोलाको व्यवहारले शिक्षकको नैतिकतामाथि नै प्रश्न उठाएको छ ।