पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।
फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलबाट प्रहरीले पक्रेको हो । फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई अवरोध भएपद्धि ४ राउन्ड हवाइ फायरसमेत गर्नुपरेको थियो ।
बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो ।




