मुख्य समाचार

शिवमाया कानुन मन्त्रीमा नियुक्त

गत महिना उपसभामुख पदबाट राजिनामा दिएकी शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले रातोपाटीलाई जानकारी दिएका छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । पुरा पढौ

पूर्वसभामुख महराविरुद्ध मुद्दाको फैसला आज हुने

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज फैसला सुनाइने भएको छ। आइतबार बहस सकिएसँगै न्यायाधीश अम्बरराज पौडेलको इजलाशले मुद्दाको फैसला गर्ने भएको हो। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ। गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन् । असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए। उजुरी दर्ता भएपछि असोज १९ मा पक्राउ गरेर… पुरा पढौ

पोखरा महानगरले बनायो योजना आयोग

देशकै ठूलो महानगर पोखराले सहरी योजना आयोग गठन गरेको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बनेको आयोगमा पोखरा ७ का रामचन्द्र लामिछाने, पोखरा ८ का बाबुराम भण्डारी, पोखरा ४ का सरोज कोइराला, पोखरा २६ की सोनी बराल सदस्य छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी सदस्य सचिव छन् । महानगरको शुक्रबार बसेको ३६ औं कार्यपालिका बैठकले आयोग गठनको हो । महानगरका प्रवक्ता धनबहादुर नेपालीले सोही बैठकले बैठकले वडास्तरीय योजनाको… पुरा पढौ

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि होइनः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित ५ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याए। ‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य… पुरा पढौ

बसपार्कको जग्गा ३० रोपनीमात्र बाँकी छ, त्यो पनि कहिले कब्जा हुन्छ थाहा छैन : जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा बसपार्कको जग्गा ३० रोपनीबाहेक सबै कब्जा भइसकेको बताएका छन् । उनले बाँकी रहेको ३० रोपनी जग्गा पनि कहिले सकिन्छ भन्ने थाहा नहुने बताएका छन् । आइतबार एक कुराकानीमा मेयर जिसीले बसपार्कको १९२ रोपनी जग्गामध्ये ३० रोपनी जग्गाबाहेक सबै कब्जा भैसकेको स्पष्ट पारे । उनले बसपार्क बनाउने बनाउने भनेको ५ दशक बित्दा पनि बनाउन नसकिएको स्वीकार गरे । बसपार्क बनाउनका लागि मुख्य समस्या त्यहाँ अनाधिकृत… पुरा पढौ

महराको बहस सकियो,केहीबेरमा फैसला हुने

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको मुद्दाको बहस शुरु भएको थियो । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।बहस सकिएसँगै न्यायाधीश अमरराज पौडेलको इजालसले आजै फैसला गर्नेछ । असोज… पुरा पढौ

खानेपानीको रकम हिनामिनामा वडाअध्यक्षसहित ६ लाई मुद्दा

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर९६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं भई खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ। जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको उनीमाथि आरोप छ। अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर… पुरा पढौ

भाइरल तस्बिरबारे मुख्यमन्त्री पृथ्वीसुब्बाको सचिवालय बोल्यो

गण्डकी प्रदेशका मुख्यमन्त्रीले मदिरा सेवन गरिरहेका तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा निकै चर्चा पायो । मुख्यमन्त्रीले कार्यकक्षमै मदिरा सेवन गरेको दाबीसहित तस्बिर शनिबार सार्वजनिक भएपछि आइतबार मुख्यमन्त्रीको सचिवालयले यसको खण्डन गरेको छ । मुख्यमन्त्रीको निजी सचिवालयबाट डिल्लीराम सिग्देलले विज्ञप्ति निकालेर ती तस्बिर, भिडियो र समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको र सोही दिन मुख्यमन्त्रीको जन्मदिन पनि भएकाले साँझ निवासमा पारिवारिक जमघट… पुरा पढौ

कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन्। उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण… पुरा पढौ

आज महराको अन्तिम सुनुवाइ

प्रतिनिधिसभाका निवर्तमान सभामूख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आज अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने बताए। उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ।’ यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो। तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो। संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं