मुख्य समाचार

सरकारले उल्लेखनीय काम गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिलाईलाई विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी गरेका छन् । ओलीले आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । यस्तै ३ हजार ५ सय ७८ किमी सडक ग्राभेल सडक निर्माण भएको, ३ सय २५ सडक पुल… पुरा पढौ

प्रधानमन्त्रीका सल्लाहकारलाई बर्खास्त गर्न नेकपा सांसदको माग

नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद् सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई बर्खास्त गर्न माग गरेका छन् । नेकपाका केन्द्रीय सदस्यसमे रहेका किरातीले थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले महागल्ती गरेको बताएका छन् । थापाले जनयुद्ध दिवसमा १ टेलिभिजन कार्यक्रममा जनयुद्ध विवस मनाउन पार्टी एकता नगरेको टिप्पणी गरेका थिए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा किरातीले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई… पुरा पढौ

प्रचण्ड बस्ने घर घेराउको तयारी

ललितपुरको चापागाउँ–खुमलटार सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।  ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।  सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीको घर रहेको छ भने सो घरमा हाल नेकपा अध्यक्ष प्रचण्ड बस्दै आएका छन् ।  यसअघि पटक पटक आन्दोलन गरिसकेका स्थानीयले यसपटक भने प्रचण्ड बसेको ठेकेदारको… पुरा पढौ

भाष्कर स्कुलका सञ्चालक विश्वराज पक्राउ

पोखरा ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल स्कुलका सञ्चालक, प्रिन्सिपल विश्वराज बास्तोला पक्राउ परेका छन् । बास्तोलालाई भाष्करमै पढ्ने बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पीडित बालिकाले जाहेरी दिइसकेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । बास्तोला यसअघि पनि विभिन्न घटनामा मुछिएका छन् । उनले शिक्षकमाथि पटक पटक हिंसा गरेको र ती घटना विद्यालयमै मिलाइने गरेको थियो । बालिका लिन गएका प्रिन्सिपल बास्तोलाले नै दुव्र्यवहार… पुरा पढौ

जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय सदस्य : को कुन जिम्मेवारीमा छन् ?

देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ। देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ। यी सबै उपलब्धि नेपालमा भएको जनयुद्धका कारण सम्भव भएको हो। आज माओवादी आन्दोलन विभिन्न उतारचढावहरु पार पर्दै नेपालमा समाजवादी क्रान्तिको रणनीतिसहित एमाले–माओवादी एकतापछि नेकपाका रुपमा क्रियाशील छ। तात्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। ११ वर्ष लामो सशस्त्र सङ्घर्षपछि जनयुद्ध २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतामा पुगेर… पुरा पढौ

माओवादी केन्द्रीय नेताहरु जो जनयुद्धमा सहिद बने

वि.सं. २०५२ साल फागुन १ गते मंगलबार तात्कालीन नेकपा (माओवादी) ले सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापना गर्ने भन्दै जनयुद्धको घोषणा गर्‍यो। १० वर्ष लामो सशस्त्र युद्धमा करीब १७ हजार नागरिकको ज्यान गयो। १७ हजार नागरिकमध्ये १३००० भन्दा बढी नागरिकको ज्यान राज्य पक्षका तर्फबाट गएको थियो। जनयुद्धका क्रममा माओवादीका करीब दर्जनजति केन्द्रीय सदस्यहरु शहिद भए। माओवादीले जनयुद्ध सुरु गर्नुअघि नै केन्द्रीय सदस्य रामवृक्ष यादव शहिद भए। उनी मधेशका लोकप्रिय… पुरा पढौ

यस्ता थिए माओवादी जनयुद्धका माग

संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय समितिको तर्फबाट डा बाबुराम भट्टराईले सरकारलाई ४० बुँदे मागपत्र बुझाएको थियो । माग पूरा नभएपछि २०५२ मा फागुन १ बाट जनयुद्ध सुरु भएको थियो । के थियो ४० बुँदामा १. सन् १९५० को नेपाल-भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ । २. राष्ट्रघाती टनकपुर सम्झौतालाई ढाकछोप गर्न र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न… पुरा पढौ

जनयुद्ध दिवसमा सार्वजनिक बिदा !

नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध शुरू भएको दिन फागुन १ गते कालिकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए। ‘जनयुद्धका सहिदको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप… पुरा पढौ

प्रत्येक वडामा ५० प्रतिशत क्रियाशील थप्दै कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो । प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।… पुरा पढौ

सरकार यतीसँग सती जानुको कारण के हो ?

 नेपाली कांग्रेस नेतृ तथा  प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताएकी छन्  । बुधबार  प्रतिनिधि सभा बैठकमा संग्रौला पन्तले आफ्नो धारण राख्दै सरकार यतीसँग सती जानुको कारण के हो भनि प्रश्न गरेकी छन् ।  संग्रौलाले पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गरेकी छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं