मुख्य समाचार

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुरा भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने नीतिगत निर्णय नेपाल र भट्टराईका पालामा भएको र उनीहरु दुवै जनालाई अख्तियारले उन्मुक्ति दिएको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दर्ता गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याई हिनामिना… पुरा पढौ

नवनियुक्त महानिरीक्षक ज्ञवालीद्धारा पदभार ग्रहण

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७औं महानिरीक्षकमा बढुवा गरेको थियो। आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो । यसअघि नायव महानिरीक्षक… पुरा पढौ

विश्वका कुन कुन देशमा कति अमेरिकी सेना तैनाथ छन् ?

सैन्य शक्तिका दृष्टिले विश्वको सबैभन्दा शक्तिशाली देश हो अमेरिका। यसलाई कतिले महाशक्ति पनि भन्दछन्। अमेरिकाको सेना आफ्नो देशभित्र मात्र सीमित छैन। यसले विश्वका १५० भन्दा बढी देशमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभूत्व जमाइरहेको छ। अमेरिकाको सैन्य गठबन्धनकै कारण विश्वमा शान्ति स्थापनाको मुद्दा एकपछि अर्को चुनौतिको विषय बन्दै गएको छ। अमेरिकाले शान्ति मिसनका नाममा विश्वका विभिन्न मुलूकहरुमा सेनाको तैनाथी गर्ने गरेको छ। विश्वको प्राकृतिक सम्पदा हड्प्न र राजनीतिक प्रभूत्व स्थापित गर्न… पुरा पढौ

मैले भने पनि गलत काम नगर्नुस् : प्रदेश प्रमुख

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गलत गर्ने कसैलाई नछाड्न र कसैको प्रभावमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘मैले कानुन विपरीत काम गर्नुस् भने पनि नगर्नुस् । मेरा छोराछोरीले गलत गरे नछोड्नुस् ।’ उनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको तर्क गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औै वार्षिकोत्सवमा आयोगको प्रदेश कार्यालय पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचारसम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष… पुरा पढौ

नेकपामा प्रचण्डलाई मात्र अध्यक्ष बनाउन वामदेवको प्रस्ताव

नेपाल कम्युनिष्ट पाटीका नेता वामदेव गौतमले पार्टीमा एउटा मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउनु पर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौतीको प्रस्ताव गर्दै अध्यक्षको एकल जिम्मेवारीको प्रस्ताव गरेका हुन् । पार्टीलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पद नीति लागू गरेर अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्षको एकल जिम्मेवारी दिन माग गर्दै शनिबार पार्टीको स्थायी समिति बैठकमा गौतमले फरक मत प्रस्तुत गरेका थिए । नेता गौतमले पार्टी स्थायी कमिटीको… पुरा पढौ

संसद अवरोध नगर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देखि संसद वैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक सुचालु गर्न सहयोग गर्ने निर्णय गरेको हो । कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगाएको भन्दै तीन दिनसम्म सदन अवरूद्ध गरेको थियो । पुरा पढौ

प्रधानमन्त्री नेपालको निर्देशनमा प्रस्ताव अघि बढाएको हुँ : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको जग्गा प्रकरणका बारेमा आफूले प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्मा लगेको बताएका छन् । कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा करिब एक घण्टा बोलेका उपसभापति गच्छदारले आफूलाई पूर्वाग्रह राखेर फसाएको दाबी गरेका छन् । गच्छादारलाई उदृत गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाएको छ । प्रधानमन्त्रीकै निर्देशनमा आफूले प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो ।’ बैठकमा गच्छदारको बयान उदृत गर्दै… पुरा पढौ

भानु नगरपालिकाका वडा सदस्य र इन्जिनियर घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य र इन्जिनियरलाई सोमबार घुससहित पक्राउ गरेको छ । भानु १३ का वडा सदस्य कृष्णबहादुर अधिकारीमार्फत भानु नगरपालिकामै कार्यरत इन्जिनियर सुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश र कार्यसम्पन्न प्रतिवेदन बनाईदिएको भनी घुस दिएको अख्तियारले जनाएको छ । टोलीले वडा सदस्य अधिकारी र इन्जिनियर अधिकारीलाई ७५ हजार घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेको… पुरा पढौ

पोखरा विमानस्थल निर्माण कार्य प्रभावित

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइसको प्रभाव राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा पनि परेको छ । जसका कारण विमानस्थल निर्माण कार्य प्रभावित भएको छ । हाल सामान्य प्रभावमात्र परेको तर भविष्यमा ठूलै प्रभाव पर्न सक्ने देखिन्छ । विमानस्थल निर्माणमा कार्यरत करिब १०० जना कर्मचारी नयाँ वर्ष मनाउन चीन गएका थिए । जसमध्ये १३ जना मात्रै नेपाल फकिएका छन् । तर उनीहरू काममा लाग्न पाएका छैनन् । जसमध्ये केही… पुरा पढौ

अचेत फेला परेकी कार्की पत्नीको मृत्यु

अचेत फेला परेकी पूर्वसचिव अजुर्न कार्कीर्की पत्नी मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो । सानेपास्थित निवासमा कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको ललितपुर प्रहरी परिसरले बताएको थियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं