ताजा समाचार

मुख्य समाचार

बल्ल सुरु भयो पोखरामा अपांगता परिचयपत्र वितरण

पोखरा महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको छ । पोखरा महागनरका उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संयुक्त रुपमा पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपांगताको रातो परिचयपत्र प्रदान गरेका थिए । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने परिचय पत्र कार्यविधिले व्यवस्था गरेको छ । उपमेयर गुरुङले पूर्ण अपांगता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउँदै वडा वडामै पुगेर वितण गर्नुपर्ने अवस्था देखिएको बताइन्… पुरा पढौ

फ्लु संक्रमणपछि स्कुल बिदा

कास्कीको मादी गाउँपालिका ४ तारकाङमा ज्वरो तथा रुघाखोकीजन्य संक्रमण देखिएपछि त्यहाँका स्कुल बन्द गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका इन्चार्ज यम बरालले कक्षा १ देखि ५ सम्म भएका विद्यालय ५ दिन र माथिल्लो तहका विद्यालय ३ दिन बन्द गरेर रोग सर्नबाट बचाउन सुझाव दिएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटाले डक्टरको सल्लाह अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।… पुरा पढौ

नेकपा एकता : कार्यदल बैठक नै बस्न सकेन

काठमाडौँ । चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।  नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।  कार्यदलले सो एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर… पुरा पढौ

केवलकारको डिपिआर नेपालमै बन्ने

केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अब नेपालमै हुने भएको छ । यसअघिसम्म केवलकारको विस्तृत परियोजना प्रतिवेदन लगायतका प्राविधिक काम लागि स्विटजरल्यान्ड, अस्टे«लिया, बेलायतमा मात्रै हुने गरेकोमा अब भने नेपालमै यसको सुविधा प्राप्त हुने भएको छ । पोखरामा कार्यालय रहेको आरकेडी रियल स्टेट एन्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले केवलकारका लागि आवश्यक डिपीआर बनाउने गरी भारतको सिआरए कम्पनी र बेलायतको ब्रे को कम्पनीसँग सम्झौता गरेको छ । नेपालमा केवलकार यातायातको प्रचूर सम्भावना रहेका… पुरा पढौ

घाइते सुत्केरीलाई हेलिकप्टरबाट उद्धार

म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार ९काली० गम्भीर घाइते भएकी थिइन् । परियारको अवस्था गम्भीर देखिएपछि बेनी… पुरा पढौ

म सभापतिमा लड्न तयार छु : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।  नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन’, उनले भने, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर… पुरा पढौ

ओलीको मन्त्री मण्डल भ्रष्टको क्लब : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारको मन्त्रीमण्डल भ्रष्टको क्लब भएको आरोप लगाएका छन् । पार्टीका पूर्वसभापति सुशील कोइरालाको चौंथो स्मृतिमा कांग्रेस गोरखाले शनिबार आयोजना गरेको विचार गोष्ठीमा नेता थापाले पछिल्लो समय एकपछि अर्काे गरी सरकारका मन्त्री नै भ्रष्टाचार काण्डमा मुछिँदै गएको बताए । ‘देश भ्रष्टाचारको चंगुलमा फस्यो, दलाल, माफिया र भ्रष्टहरुले देश डुवाए’ उनले भने ‘एकपछि अर्को गरेर भ्रष्टाचार काण्डमा मन्त्रीहरु नै संलग्न भएको तथ्य बाहिरिँदैछन्, यो सरकार भ्रष्टको… पुरा पढौ

सूर्य चिह्नबाट चुनाव जितेका नेताले भने-कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग राखेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सरकारले किसानको हकहितमा काम नगरेकाले मन्त्रालय नै खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।  किसानको विषयमा धेरै आवाज उठाउँदा बोल्नै लाज भएको बताउँदै उनले भने ‘कुनै पनि सरकारले किसानको हितमा काम गरेनन् । किसान होइन विचौलिया मालामाल भए, सरकार विचौलियाकै पक्षमा छ ।’ उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालय व्यापारी र विचौलियाको पक्ष लिएको… पुरा पढौ

माओवादीलाई सिध्याई हालियो भन्ने ठानियो भने दुर्भाग्यपूर्ण हुन्छ : प्रचण्ड

सरकारको काम कार्वाही र प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘डिफेन्स’ दिंदै आएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरुद्ध नै गम्भिर प्रश्न उठाएका छन् ।  सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीलाई इंगित गर्दै पूरानै संरचना र कार्यशैलीतिर फर्किने प्रयासले मधेस र पहाडमा विकराल स्थिति सिर्जना हुने चेतावनी दिएका छन् । उनले भने, ‘बिस्तारै–बिस्तारै माओवादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको हो भने… पुरा पढौ

सरकारी गाडी जलाउने ३ नेविसंघ नेता साधारण तारेखमा रिहा

जिल्ला अदालत कास्कीले नेविसंघका ३ विद्यार्थी नेतालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । पोखरा महानगरको गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका ती विद्यार्थीलाई अदालतले छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध अपराधिक उपद्रव मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश काजीबहादुर राईको इजलासले विद्यार्थी नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । पोखरा महानगर शिक्षा… पुरा पढौ