ताजा समाचार

मुख्य समाचार

लेखनाथले गरे जनयुद्धदेखि अहिलेसम्मको राजनीतिको चिरफार

नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ले युवा नेता लेखनाथ न्यौपानेको लेखन नरम र बोली कडा भएको बताएका छन् । न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तकको पोखरामा परिचर्चा गर्दै अधिकारीले सो कुरा बताएका हुन् । प्रगतिशिल लेखक संघ, कास्कीको आयोजनामा भएको कार्यक्रममा अधिकारीले भने, ‘हाम्रा युवा नेता लेखनाथको लेखन त नरम रैछ, बोलि त साह्रै कडा !’ अधिकारीले लेखकलाई बधाई दिँदै लेखन पनि आफैँमा संघर्षको इतिहास भएको बताए । उनले… पुरा पढौ

नेपालका प्रधानसेनापति बने भारतका मनार्थ महारथि

भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका… पुरा पढौ

घाँटी रेटेर युवाको हत्या

नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भने, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान… पुरा पढौ

सुगौली सन्धिमा गुमेको १ तिहाइ नेपाल फिर्ता गर्न अभियान

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ ।  पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ ।  मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य… पुरा पढौ

खेतीयोग्य जमिनमा घर बनाउन नपाइने

सरकारले जग्गाको कित्ताकाटलाई खुकुलो बनाएको छ। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाटलाई खुकुलो बनाएको बताईन् । २०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो तर जनतामा व्यवहारिक समस्या देखिएपछि त्यसलाई समाधान गर्न कित्ताकाटलाई खुकुलो बनाएको उनको भनाई छ । मन्त्री अर्यालका अनुसार खेतीयोग्य जमिन भने घडेरी बनाउन कित्ताकाट गर्न पाईने छैन । कुनै जग्गा खेतीयोग्य हो कि होइन भन्ने सिफारिस गर्ने अधिकार भनेस्थानीय… पुरा पढौ

पोखरामा पृथ्वीनारायणको सम्झना

विश्व हिन्दु महासंघ नेपाल कास्कीको अगुवाइमा राजनीतिक दल, धार्मिक तथा जातीय संघ संस्थाले शुक्रबार २ सय ९७ आंै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छन् । मुल समारोह समिति कास्कीको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की, नेपाली कांग्रेस विपी, ठकुरी संगम परिवार कास्की लगायत टोल विकास संस्था, भजन समूह सहभागी थिए । चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्युरोड, सभागृहचोक हँुदै पृथ्वीचोकमा पुगी समापन भएको थियो । कार्यक्रममा इतिहासविद् प्राडा दिलबहादुर क्षेत्रीले… पुरा पढौ

माघे संक्रान्तिमा सुदूरपश्चिम प्रदेशमा बिदा

सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए । शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे… पुरा पढौ

समयमा उपचार नपाएर प्रहरीको ज्यान गयो

सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।  तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो ।  बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार… पुरा पढौ

विवेकशील साझामा चिरा, उज्ज्वले बनाए नयाँ दल

विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा विवेकशील साझा फुटेको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । नयाँ दलको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । वैकल्पिक राजनिति गर्ने भन्दै थापाले… पुरा पढौ

विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएँ : गोपाल खड्का

भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् ।  भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा बढी चन्दा दिएको बताएका हुन् । खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण फेहरिस्त पेश गरेका छन् ।  त्यसबाहेक आफूले अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार… पुरा पढौ