माघ २१ गते २०७६

ताजा समाचार

माघ २१ गते २०७६

पोखरा आइपुग्यो घुम्ती रक्तदान गर्न मिल्ने बस

रगतको विकल्प छैन अर्थात् रगत दान नै रगतको विकल्प हो । रक्तदानका लागि अहिलेसम्म अस्पताल नै पुग्नुपर्ने वा रक्तदान कार्यक्रम हुनुपर्ने आवश्यता छ ।

आकस्मिक रुपमा रगत आवश्यक पर्दा र रक्तदान आयोजना गर्नुपर्ने धेरै खालका कठिनाइ झेल्नुपर्छ । यसैलाई मध्यनजर गरी पोखरामा घुम्ती रक्त संकलन बस ल्याइएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण नेपाल बस ल्याएको हो ।

रोटरी अन्नपूर्णले बसमा यस्तो सेवा नेपालमा नै पहिलो भएको दाबी गरेको छ । यो बसभित्र एक पटकमा ३ जनाले रगत दान गर्न मिल्छ । बसमा रक्तदानका लागि आवश्यक सबै उपकरण जडित रहेको र घुम्ती शिविर चलाउन निकै सहज हुने रक्त सञ्चार केन्द्रका महेन्द्र केसीले जानकारी दिए ।

रगत झिक्ने, स्टोर गर्ने सुविधा बसमै छ । यस्तो सुविधा भएको बस उपलब्ध हुँदा शिविरहरु सञ्चालनदेखि प्राकृतिक विपत्तिमा पनि निकै सजिलो हुने रोटरी अन्नपूर्णका पूर्वअध्यक्ष डिल्ली शर्माले बताए ।