अख्तियारले ललिता निवास जग्गा प्रकरणमा बुधबार कांग्रेस उपसभापति विजयकुमार गच्छाहारसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर ग¥यो । तर नेकपा महासचिव विष्णु पौडेलमाथि भने मुद्दा चलेन ।
पौडेलले छोरा नवीनको नाममा जग्गा किनेको देखिन्छ । ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवादमा तानिएका थिए।
तहगत रुपमा बिक्री हुँदै गर्दा त्यो जग्गा विष्णु पौडेलका छोरा नवीनको नाममा दर्ता भएको देखिन्छ । नवीनको नाममा ३०९ र ३१५ नम्बरका दुई कित्ता जग्गा छन्।
नवीनआफ्नो नामको जग्गा सरकारलाई छाडिदिन मञ्जुर भएका छन् । अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध अख्तियारले जग्गा जफत प्रयोजनका लागि समेत प्रतिवादी बनाउन नपर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीले पनि जग्गा छाडिदिन मञ्जुर रहेको बताएपछि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छैन।






