मुख्य समाचार

एमसीसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्। उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए। मंगलबारदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ… पुरा पढौ

वामदेव गौतम कति शक्तिशाली ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्। संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा… पुरा पढौ

आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ? (३ दिनको मौषमसहित)

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसोतिर खुल्न सक्नेछ ।  मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा… पुरा पढौ

पोखरा विमानस्थल निर्माणको काम ६ महिना अघि नै सकिन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महिना अगाडि नै सकिने बताएका छन् । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । १ सय ८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा सोमबारदेखि तनहुँको दमौलीमा शुरु महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले मात्र धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता… पुरा पढौ

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ : वर्षमान पुन

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए । कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । आयोजना निर्माण हुँदा स्थानीयवासीले मात्र नभई समग्र मुलुकले समेत ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएकाले आयोजना… पुरा पढौ

एमसीसी अध्ययन गर्न खनालको संयोजकत्वमा बैठक

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको छ । नेकपाको केन्द्रीय समिति बैठकमा एमसएसीबारे अध्ययन गरेर मात्रै संसदले पारित गर्नुपर्ने कुरा उठेपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो । वरिष्ठ नेता खनालको संयोजकत्वको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । संयोजक… पुरा पढौ

नेविसंघको ध्यान स्ववियु निर्वाचनमा : सभापति ढुंगाना

नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गरेका छन् । माघ १६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित भएपछि आइतबार पदभारत ग्रहण गर्दै ढुंगानाले संगठनमा आवद्ध विद्यार्थीहरुलाई स्वयीयू निर्वाचनमा ध्यान केन्द्रीत गर्न आग्रह गरेका हुन् । स्ववियू निर्वाचन मिनि जनमत भएको उल्लेख गर्दै ढुंगानाले २ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने बताए । ‘२ तिहाईको सरकारले जनताको मात पायो तर जनताको… पुरा पढौ

कस्तो रहला आजको मौषम ?

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो ।  सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ ।  यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ । राति भने देशभरी नै मौसम सफा रहने… पुरा पढौ

गृहमन्त्रालयद्वारा १७ जना सिडिओको सरुवा, को कहाँ पुगे ?

गृहमन्त्रालयले ३२ कर्मचारीको सरुवा गरेको छ । आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीअनुसार इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की गृहमन्त्रालयमा सरुवा भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन विभाग काठमाडौं सरुवा भएका छन् । अन्य कर्मचारी को-कहाँ सरुवा भए ? तलको सूची हेर्नुहोस् : पुरा पढौ

बाबुराम भट्टराईलाई होटलवालीले चिनिन,परिचारिकाले चिनिनन्

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् । उनले ट्वीटरमा विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् । विराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टर कहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टर कहाँ जाँदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं