मुख्य समाचार

सांसदको आक्रोश :छाउगोठका नाममा हाम्रा घर भत्काउने ?

कर्णाली प्रदेशका जिल्लाहरुमा केहि महिना यता सरकारले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्दै आएको प्रति सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा स्थानीयका घर भत्काइदिएको भन्दै आक्रोश पोखेका छन् । शप्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ रु आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बस आगो लगाउँदै हिँड्ने ?’ छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गरेको… पुरा पढौ

के गर्दैछन् महरा ?, भेट्न जानेको लर्को

https://www.youtube.com/watch?v=Q42BhSBSPM0&t=991s कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् । ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका’, कारागारका एक कर्मचारी भन्छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’… पुरा पढौ

शिक्षककै सर्टिफिकेट नक्कली, मुद्दा दायर

कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी तनहुँकी शिक्षक शारदा अधिकारी लामिछानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ । शारदले बिहार विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति भई लाभ तथा सुविधासेमत लिएको दाबी गर्दै बिहीबार अख्तियारले उनीउपर विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा… पुरा पढौ

पोखराको बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ… पुरा पढौ

ढुंगानाले पाए नेविसंघको कमाण्ड

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित भएका छन्  । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहिबार रिक्त रहेको ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गरेका हुन् । विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गर्नुभएका ढुङ्गानाले यसअघि नेविसंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको… पुरा पढौ

विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपालले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई वैवाहिक जिवनको शुभकामना दिएका छन् । उनले नयाँ यात्रा थालेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा सन्देश जारी गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी… पुरा पढौ

यस्तो रहनेछ आजको मौषम…

अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशैभर आंशिकदेखि मध्यम बदली रहेको छ । पूर्व पश्चिममा वर्षाको सम्भावना रहेको छ ।  देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको छ। बिहीबार घाम पनि लाग्ने र पानी पनि पर्ने वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।  उपत्यकामा पनि वर्षा हुन सक्ने पोखरेलले बताइन् । उनले भनिन्, ‘काठमाडौंमा पनि पानी… पुरा पढौ

शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

वि.स.१९९७ साल माघ महिनाको १० गते  बिहीबार, औंसीपछिको मध्ये अँधेरी रातमा चारैतिर कुकुर भुकेको आवाज र सन्नाटा मात्र ब्याप्त थियो  । काठमाण्डौमा हालको त्रिपुरेश्वरबाट कालिमाटी जाने बाटोकोबीचमा पचली टेकु,खरीको बोट वरिपरी केही व्यक्ति झुरुप्प जम्मा भएका देखिन्थे । त्यो खरीको बोटमा कसैलाई फाँसीदिन डोरी झुन्ड्याइ राखिएको थियो  । त्यतिबेलै पर सडकतिरबाट बीस–पचिसजना मान्छेहरुको हुल मैन्टोलबत्ति बालेर त्यतैतिर आउदै गरेको देखेर त्यहाँ भएका प्राय सबैजना भागे । तर १ जना चाहिं… पुरा पढौ

पर्यटन व्यवसायी सुरजको पहलमा मुक्तिनाथमा स्की च्याम्पियन हुने

मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङ दोश्रो पटक मुक्तिक्षेत्रमा स्की प्रतियोगीता संञ्चालन गर्न जुटेका छन् । उनकै अथक पहलमा नेपाल स्की संघले यहाँ दोश्रो पटक तेश्रो राष्ट्रिय स्की प्रतियोगीता गर्ने भएको हो । नेपालमा स्की खेलको संम्भावना र यसको बिकास गर्न स्की संघ लागि परेको हो भने पर्यटन व्यसायी गुरुङ मुस्ताङको बेमौसमी पर्यटन प्रर्वद्धन गर्न लागि परेका हुन् । संघले यहा दिर्घकालिन रुपमा बर्सेनी केही महिना स्की आयोजना गर्न सकिने संम्भावना… पुरा पढौ

पिएन क्याम्पसमा पठनपाठन ठप्प, १४ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड

पृथ्वीनारायण क्याम्पस अर्थात पिएन क्याम्पस पोखराकै जेठो र देशकै सबैभन्दा ठूलो क्याम्पस हो । यो क्याम्पस अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल र भविष्यको विश्वविद्यालय पनि हो । यसै क्याम्पसका उत्पादन राजनीतिका साथै अन्य क्षेत्रको निकै उच्च ओहोदामा पुगिसकेका छन् । यहाँ अहिले पनि १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका, गरिवदेखि धनीसम्मका छोराछोरीको भविष्यको गारेटो कोरिदिने थलो हो, पृथ्वीनारायण क्याम्पस । यो क्याम्पसलाई राजनीतिको उद्गम थलोकारुपमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं