सांसदको आक्रोश :छाउगोठका नाममा हाम्रा घर भत्काउने ?

कर्णाली प्रदेशका जिल्लाहरुमा केहि महिना यता सरकारले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्दै आएको प्रति सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा स्थानीयका घर भत्काइदिएको भन्दै आक्रोश पोखेका छन् ।

शप्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ रु आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बस आगो लगाउँदै हिँड्ने ?’ छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गरेको भन्दै उनले आक्रोश पोखेका हुन्।

उनले भने,हिजो गोरखाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउन थालियो।’ यो पनि तरिका कहीँ हुन्छ,चाहिँदो काम गर्नुपर्यो नि।’

जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ महतले भने, ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन ? स्कुलको अवस्था केछ, हस्पिटलको अवस्था केछ ? त्यो हेर्नुपर्दैन ? ’ भन्दै छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्न उनले सरकारलाई सुझाव दिएका छन् ।