कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी तनहुँकी शिक्षक शारदा अधिकारी लामिछानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ ।
शारदले बिहार विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति भई लाभ तथा सुविधासेमत लिएको दाबी गर्दै बिहीबार अख्तियारले उनीउपर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदावी लिई गरी मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






