मुख्य समाचार

नेविसंघ नेतृ अधिकारीको क्यान्सरका कारण अष्ट्रियामा निधन

नेपाल विद्यार्थी संघकी नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन् । नेविसंघका तर्फबाट निर्वाचित नेतृको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् । काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र… पुरा पढौ

विरेन्द्रनगरमा भोलि बिहानसम्म कर्फ्यु आदेश जारी

मंगलबार बिहान टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि तनावपूर्ण रहेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि टायर बालेर सडकमा प्रदर्शन गर्दै स्थानीय  जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशमा मंगलबार साँझ ६:३० देखि बुधबार बिहान ६ बजेसम्मका लागि आवतजावत, भेला हुन र अन्य कुनै पनि काम गर्न नपाउने भनिएको छ। आदेश अनुसार पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको… पुरा पढौ

“आस्थालाई पक्राउ गरेर प्रहरीले अधिकारको दुरुपयोग गर्‍यो”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरेकी हुन् । “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भने, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ,… पुरा पढौ

एमसिसी छिटो पारित गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए । उनले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रुपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका… पुरा पढौ

कस्ले चोर्यो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति ?

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ। साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो।  हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए। भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो। पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय… पुरा पढौ

गायिका आस्था राउत अस्पतालमा

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो ।  राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको छ । तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन… पुरा पढौ

आज कहाँ-कहाँ हुन्छ वर्षा र हिमपात ?

जल तथा माैसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार म‌ंगलबार देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ  । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको… पुरा पढौ

तनहूँमा फेरि अर्को बालक चितुवाको शिकार, सरोकारवाला निकाय कहिलेसम्म चुप ?

तनहूँमा फेरि १ बालक चितुवाको शिकार बनेका छन् । सोमबार साँझ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं.४ लोहीपाखामा चितुवाको आक्रमणबाट १० वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इशक सुनार रहेका छन् । सोमबार साँझ ६ बजेतिर गाउँबाट आमा पविता सुनारसंगै घर फर्कदै गर्दा आँगनमै आईपुग्दा चितुवाले आक्रमण गरेर लगेको थियो । घरभन्दा करिव ८० मिटर तल घाँटीमा प्वाल परेको अवस्थामा इशकको शव फेला परेको बताइको छ । घटनाको… पुरा पढौ

नेविसंघका कार्यकर्ताबीच कुटाकुट, पार्टी कार्यालय बन्यो रणभूमि

 नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।  सोमबार दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् । झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् ।… पुरा पढौ

प्रदेश सांसद खातुन फरार

सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा कसुरदार ठहर भएपछि प्रदेश सांसद फरार भएकी छन् । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनसहित तीन जनालाई अदालतले कैद र जरिबानाको फैसला सुनाएको छ । खातुन मोरङ धनपालथान गाउँपालिका ६ की बासिन्दा हुन् । खातुनलाई सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला उच्च अदालत विराटनगरले सदर गरेको हो । उनलाई १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं