सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा कसुरदार ठहर भएपछि प्रदेश सांसद फरार भएकी छन् । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनसहित तीन जनालाई अदालतले कैद र जरिबानाको फैसला सुनाएको छ ।
खातुन मोरङ धनपालथान गाउँपालिका ६ की बासिन्दा हुन् । खातुनलाई सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला उच्च अदालत विराटनगरले सदर गरेको हो । उनलाई १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँको फैसला भएको छ।
खातुन तत्कालीन एमालेबाट प्रदेशसभामा सामानुपातिक सभासद हुन् । प्रहरीले पक्राउ गर्ने भयले गत बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि खातुन मतदान आइनन् ।






