तनहूँमा फेरि अर्को बालक चितुवाको शिकार, सरोकारवाला निकाय कहिलेसम्म चुप ?

तनहूँमा फेरि १ बालक चितुवाको शिकार बनेका छन् । सोमबार साँझ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं.४ लोहीपाखामा चितुवाको आक्रमणबाट १० वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इशक सुनार रहेका छन् ।

सोमबार साँझ ६ बजेतिर गाउँबाट आमा पविता सुनारसंगै घर फर्कदै गर्दा आँगनमै आईपुग्दा चितुवाले आक्रमण गरेर लगेको थियो ।

घरभन्दा करिव ८० मिटर तल घाँटीमा प्वाल परेको अवस्थामा इशकको शव फेला परेको बताइको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो घटनासंगै तनहूँमा चितुवाको आक्रमणमा परि हालसम्म ९ बालबालिकाले ज्यान गुमाइसकेका छन् । चितुवाकै आक्रमणमा ९ जना बालबालिकाले अनाहकमा ज्यान गुमाउँदा समेत सम्बन्धित निकाय कानूनको अल्झन भन्दै पन्छिरहको छ ।

२ वर्षदेखि यस्ता घटना घटेको घट्यै छ । तर खोर थापेर केही चितुवा समात्नुबाहेक सरोकारवाला निकायले अन्य केही गरेको छैन ।

मानवीय समवेदनाजस्तो संवेदनशील विषयमा पनि सरोकारवाला कानून नभएको भन्दै पन्छिनु विडम्वना भएको तनहूँवासीको दुःखेसो छ ।

उनीहरूले कानूनको नाममा मानिसको जीवनसंग खेलवाड नगर्न आग्रह गरिरहका छन् । तर सरोकारवालाले उनीहरूको आग्रहलाई वेवास्ता गरिरहेका छन् ।