विरेन्द्रनगरमा भोलि बिहानसम्म कर्फ्यु आदेश जारी

This image has an empty alt attribute; its file name is surkhet-tipper-accident-2812020084142-1000x0.jpg

मंगलबार बिहान टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि तनावपूर्ण रहेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि टायर बालेर सडकमा प्रदर्शन गर्दै स्थानीय 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशमा मंगलबार साँझ ६:३० देखि बुधबार बिहान ६ बजेसम्मका लागि आवतजावत, भेला हुन र अन्य कुनै पनि काम गर्न नपाउने भनिएको छ।

आदेश अनुसार पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लगाइने भएको छ।