मुख्य समाचार

पोखराको बस सुनसरीमा दुर्घटना, ५ जनाको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका–२ मा आइतबार बिहान भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना६ख ७९५ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो । माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला… पुरा पढौ

बामदेव गौतमको चाहना पूरा, बने उपाध्यक्ष

बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् । सो पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् ।  यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । … पुरा पढौ

ललितपुरमा भिषण आगलागी, आगोले लियो उग्ररुप

ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् ।  आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।  आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।  पुरा पढौ

‘देशलाई साम्राज्यवादको गुलाम बनाउन एमसिसी’

होसियार, होसियार एसिया घोर्लान् देश बन्ला रुवान्डा इरान संगम सांस्कृतिक मञ्चका कलाकारले शनिबार यस्तै यस्तै भावका आधा दर्जन गीत सुनाए । पोखराको पृथ्वीचोकमा भएको कार्यक्रममा संगमका कलाकारले से नो एमसिसी, यही हो साम्राज्यवादी सैन्य रणनीति जस्ता गीत सुनाएका हुन् । सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी) पारित गर्ने योजना बनाइरहेका बेला जनस्तरबाटै यसको विरोध भएको हो । वाम वुद्धिजीवी रामराज रेग्मीले परियोजनामा ठूलो राशि अनुदान आउने भनिए पनि त्यो… पुरा पढौ

मुक्तिनाथमा स्की अभ्यास तालिम सुरु ( भिडियो )

शुक्रबारबाट मुस्ताङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तैयारी अभ्यास सुरु भएको छ । २ दिने प्रशिक्षण अभ्यासमा ४ जिल्लाका ३६ खेलाडीले भाग लिएका छन् । संघले यसपटक २१ पुरुष र १५ महिला खेलाडीलाई हिउँको मैदानमा उतारेको हो । यसमा पुराना र केही नयाँ खेलाडी छन् । वारागुङ मक्तिक्षेत्र गाउपालिका –१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिईएको हो । रानीपौवाको पुर्वतर्फ करिव ३ सय मिटर लामो… पुरा पढौ

नेपालको स्वाधिनता खतरामा पर्नेगरी एमसीसी लिन खोजियो : केसी

नेपाल शिक्षक संघ, मादी गाऊँपालिकाको दोस्रो स्थानीय प्रतिनिधिसभा एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले केपी ओली सरकारले नेपालको स्वाधिनता खतरामा पर्ने गरी अमेरिकी एमसीसी सहयोग लिन खोजेको बताए । उनले नेपालको स्वाधिनता, आत्मनिर्णयको अधिकारको खिलाफमा अमेरिका होस् वा अन्य कुनै देशसँग पनि काम गर्न नमिल्ने स्पष्ट पारे । समाज परिवर्तनका अग्रणी शिक्षकहरूलाई २ तिहाईको गलत दम्भका विरुद्द हरेक मोर्चामा नेपाली कांग्रेसलाई साथ… पुरा पढौ

नेकपा बैठकमा रावलले राखे १० बुँदे फरक मत

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले जारी केन्द्रीय कमिटीको बैठकमा १० बुँदे फरक मत प्रस्तुत गरेका छन्। नेता रावलले लिखित रुपमा उक्त फरक मत पार्टी बैठकमा प्रस्तुत गरेका हुन्। उनले नेपाल भारतको सीमा विवाद समाधान, एमसीसीका कतिपय बुँदा परिमार्जन, वाइडबडी भ्रष्टाचारको छानबिन लगायतका माग उठाएका छन्।  यस्तो छ रावलद्वारा प्रस्तुत फरक मतः  १. नेपाल र भारतको सीमा अन्तर्राष्ट्रिय कानून तथा मान्यता अनुरुप नियमन गरियोस्। लिम्पियाधुरा, लिपुलेक, कालापानी,… पुरा पढौ

एमसिसी : साम्राज्यवादी सैन्य रणनीति…

अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी)को विरोधमा पोखरामा शनिबार सांगीतिक र सचेतनामूलक कार्यक्रम हुने भएको छ । संगम सांस्कृतिक मञ्चको अगुवाइमा यहाँका जनवादी कलाकारले एमसिसीका घातक पक्षबारे गीतमार्फत् विरोध गर्दै छन् । संस्थाका अध्यक्ष काजी गाउँलले शनिबार दिउँसो १ बजे पृथ्वीचोकमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित एमसिसी अध्यन गरेका विज्ञहरुले धारणा राख्ने जानकारी दिए । उनले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध गर्दछौं । नेपाली भूमिलाई युद्धभूमि बन्न… पुरा पढौ

भोलि दिनभर वत्ति नआउने (यस्तो छ कारण)

https://www.youtube.com/watch?v=5RSI34EeM7A काठमाडौको केही स्थानमा भोलि शनिबार दिनभर बत्ती नहुने भएको छ। चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएकाे हाे। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले… पुरा पढौ

यौन शोषणको आरोपमा एसएसपी राणा निलम्बित

शोषण गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्। झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत राणालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको हो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं