एमसिसी : साम्राज्यवादी सैन्य रणनीति…

अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी)को विरोधमा पोखरामा शनिबार सांगीतिक र सचेतनामूलक कार्यक्रम हुने भएको छ । संगम सांस्कृतिक मञ्चको अगुवाइमा यहाँका जनवादी कलाकारले एमसिसीका घातक पक्षबारे गीतमार्फत् विरोध गर्दै छन् ।

संस्थाका अध्यक्ष काजी गाउँलले शनिबार दिउँसो १ बजे पृथ्वीचोकमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित एमसिसी अध्यन गरेका विज्ञहरुले धारणा राख्ने जानकारी दिए । उनले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध गर्दछौं । नेपाली भूमिलाई युद्धभूमि बन्न दिँदैनौं ।’

वाम वुद्धिजीवी रामराज रेग्मीले परियोजनामा सुरक्षाका लागि अमेरिकी सेना रहन सक्ने, भारतको स्वीकृति लिनुपर्ने जस्ता घातक र जनविरोधी प्रावधान रहेकाले यसको विरोध गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय रुपमै यसको विरोध भइरहेको छ । यथास्थितिमा यो अनुमोदन हुनुहुन्न ।’

शनिबारको कार्यक्रममा डा. कृष्णराज अधिकारी र रामराज रेग्मीले एमसिसीबारे प्रकाश पार्न छन् । संगमका कलाकारले से नो एमसिसी, यही हो साम्राज्यवादी सैन्य रणनीति जस्ता करिब आधा दर्जन प्रस्तुत हुने छन् ।