नेपाल शिक्षक संघ, मादी गाऊँपालिकाको दोस्रो स्थानीय प्रतिनिधिसभा एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले केपी ओली सरकारले नेपालको स्वाधिनता खतरामा पर्ने गरी अमेरिकी एमसीसी सहयोग लिन खोजेको बताए ।
उनले नेपालको स्वाधिनता, आत्मनिर्णयको अधिकारको खिलाफमा अमेरिका होस् वा अन्य कुनै देशसँग पनि काम गर्न नमिल्ने स्पष्ट पारे ।
समाज परिवर्तनका अग्रणी शिक्षकहरूलाई २ तिहाईको गलत दम्भका विरुद्द हरेक मोर्चामा नेपाली कांग्रेसलाई साथ दिन सभापति केसीले आग्रह गरे ।
कार्यक्रममा शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष किशोरदत्त बराल, शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, कांग्रेस नेतृ सरस्वती गुरुङ, शिक्षक संघ कास्की जिल्ला अध्यक्ष रमेश भट्टराई, केन्द्रीय सदस्य वसन्तराज पाण्डे, नेविसंघ पूर्व केन्द्रीय सदस्य एवं जनप्रतिनिधि सरोज केसी, नेपाली कांग्रेस मादी गाउँपालिकाक सभापति देवीजंग गुरुङ, मादी–८ का वडाध्यक्ष याम बहादुर गुरुङ, मित्रलाल सापकोटा, ढाकाराज सुवेदी, रामचन्द्र ओझा, पुरुषोत्तम सापकोटा लगायतले शिक्षक हक हित र समाज परिवर्तनका बारेमा चर्चा गरेका थिए ।
शिक्षक संघ मादीका अध्यक्ष वसन्तराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुमना सुवेदीले, धन्यवाद उपाध्यक्ष जमान बहादुर गुरुङ र संचालन सचिव चिरञ्जीवि पौडेलले गरेका थिए ।
कार्यक्रममा २०७६ मा आयोगको खुला प्रतिस्पर्धामार्फत नियुक्ति लिएर शिक्षक संघमा आवद्ध भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।






