यौन शोषणको आरोपमा एसएसपी राणा निलम्बित

शोषण गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत राणालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको हो ।