मनाङेको झापड खाएका गुरुङ २ लाख धरौटीमा रिहा

दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ धरौटीमा छुटेका छन् ।

मिलन उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छुटेका हुन् ।

बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले यहि माघ १० गते हिरासतमा लिएको थियो ।

पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको भन्दै सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।

प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेर साधारण तारिखमा छोडेको थियो ।