संसद अवरोध नगर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देखि संसद वैठकमा अवरोध नगर्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक सुचालु गर्न सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगाएको भन्दै तीन दिनसम्म सदन अवरूद्ध गरेको थियो ।