अचेत फेला परेकी पूर्वसचिव अजुर्न कार्कीर्की पत्नी मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो ।
सानेपास्थित निवासमा कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको ललितपुर प्रहरी परिसरले बताएको थियो ।
कार्कीको भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको र आफुले पनि आत्माहत्या गरेको हुन हुनसक्ने आशंका गरीएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






