विश्वका कुन कुन देशमा कति अमेरिकी सेना तैनाथ छन् ?

सैन्य शक्तिका दृष्टिले विश्वको सबैभन्दा शक्तिशाली देश हो अमेरिका। यसलाई कतिले महाशक्ति पनि भन्दछन्। अमेरिकाको सेना आफ्नो देशभित्र मात्र सीमित छैन। यसले विश्वका १५० भन्दा बढी देशमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभूत्व जमाइरहेको छ। अमेरिकाको सैन्य गठबन्धनकै कारण विश्वमा शान्ति स्थापनाको मुद्दा एकपछि अर्को चुनौतिको विषय बन्दै गएको छ।

अमेरिकाले शान्ति मिसनका नाममा विश्वका विभिन्न मुलूकहरुमा सेनाको तैनाथी गर्ने गरेको छ। विश्वको प्राकृतिक सम्पदा हड्प्न र राजनीतिक प्रभूत्व स्थापित गर्न पनि उसले विभिन्न देशमा एकल र गठबबन्धन सेना तैनाथ गर्दै आएको हो। ती सेनाहरुले तततत् देशमा अमेरिकी नीति र प्रभूत्व स्थापित गर्ने र त्यसमा असहयोग गर्ने शक्तिलाई दमन गर्दै आएका छन्।

यहाँ विश्वका विभिन्न देशमा क्रियाशील अमेरिकी सेनाको सूचि प्रस्तुत गरिएको छ। यस सूचिमा अमेरिकाले सार्वजनिक गरेको तथ्याङ्क मात्र समावेश छ। यसबाहेक उसले विभिन्न देशमा सुक्ष्म अनुसन्धानका लागि सेना र सरकारी अधिकारीहरु खटाउँदै आएको छ। सन् २०१९ अक्टोबरसम्म अमेरिकी सेना तैनाथ गरिएका देशहरु यसप्रकार छन्।

(क) अमेरिकन देशहरु :– (१) संयुक्त राज्य अमेरिका (११२५३७८), (२) अलस्का (१९२५५), (३) क्युवा (७७६), (४) होण्डुरस (४७४), (५) प्युटोरिको (१६१), (६) क्यानडा (१४४), (७) अन्य देशहरु (६६५) गरी अमेरिकन देशमा जम्मा ११४६९९९ को संख्यामा अमेरिकी सेना तैनाथ छन्।

(ख) पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र प्रशान्त महासागरीय क्षेत्र :– (८) जापान (५५२४५), (९) हुवाई (४२०२०), (१०) दक्षिण कोरिया (२६५२५), (११) गुअम (५५६०), (१२) अस्ट्रेलिया (२८५८), (१३) थाइल्याण्ड (३०३), (१४) सिंगापुर (२००), (१५) फिलिपिन्स (१७०), (१६) अन्य देशहरु (१४६) गरी १३३०२७ सेना तैनाथ गरिएको छ।

(ग) यूरोप :– (१७) जर्मनी (३५२७५), (१८) इटाली (१२९०२), (१९) संयुक्त अधिराज्य (९२५४), (२०) स्पेन – ३६५८, (२१) बेल्जियम – १०४६, (२२) नर्वे – ५५६, (२३) नेदरल्याण्ड – ३९३, (२४) ग्रीस – ३८९, (२५) पोर्चुगल – २३२, (२६) हंगेरी – १९४, (२७) पोल्याण्ड (१६३), (२८) रोमानिया – १०८, (२९) अन्य देशहरु – २४६ गरी ६४४१६ अमेरिकी सेना तैनाथ गरिएको छ।

(घ) पश्चिम एसिया, मध्य एसिया, दक्षिण एसिया, अफ्रिका र हिन्द महासागरीय क्षेत्र :– (३०) बहराइन – ४२०२, (३१) कुवेत – १७९८, (३२) टर्की – १६५९, (३३) कतार – ५४५, (३४) संयुक्त अरब इमिरेट्स् – ३५२), (३५) ब्रिटिस हिन्द महासागरीय क्षेत्र – ३२५, (३६) साउदी अरब – ३१४, (३७) इजिप्ट – ९६५ गरी १०४३६ सैनिक तैनाथ गरिएको छ।

(ङ) उत्तर इट्लान्टिक सन्धि संगठन (नाटो) :– नाटो गठबन्धन अमेरिकाको नेतृत्वमा रहेको सैन्य संगठन हो। यसको स्थापना सन् १९४९ मा गरिएको थियो। नाटो सेनाले इराक, अफगानिस्थान, इरान लगायतका देशमा आक्रमण गरी आफ्नो सैन्य क्याम्प खडा गरेको छ। यसरी प्रतयक्ष सैन्य क्याम्प खडा गरिएका देशको संख्या ७० भन्दा बढी छ।

lokpati.com