बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुरा भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने नीतिगत निर्णय नेपाल र भट्टराईका पालामा भएको र उनीहरु दुवै जनालाई अख्तियारले उन्मुक्ति दिएको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दर्ता गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याई हिनामिना गरेको भन्दै नेपाली कांग्रेसका उपसभापति एवं तत्कालीन भौतक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।






