नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद् सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई बर्खास्त गर्न माग गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्यसमे रहेका किरातीले थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले महागल्ती गरेको बताएका छन् । थापाले जनयुद्ध दिवसमा १ टेलिभिजन कार्यक्रममा जनयुद्ध विवस मनाउन पार्टी एकता नगरेको टिप्पणी गरेका थिए ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा किरातीले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’
किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिएका छन् । उनले भने, जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ ।






