भाष्कर स्कुलका सञ्चालक विश्वराज पक्राउ

पोखरा ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल स्कुलका सञ्चालक, प्रिन्सिपल विश्वराज बास्तोला पक्राउ परेका छन् ।

बास्तोलालाई भाष्करमै पढ्ने बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पीडित बालिकाले जाहेरी दिइसकेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

बास्तोला यसअघि पनि विभिन्न घटनामा मुछिएका छन् । उनले शिक्षकमाथि पटक पटक हिंसा गरेको र ती घटना विद्यालयमै मिलाइने गरेको थियो । बालिका लिन गएका प्रिन्सिपल बास्तोलाले नै दुव्र्यवहार गरेपछि बालिकाका आफन्तले स्कुलमा समेत तोडफोड गरेका छन् ।