मुख्य समाचार

प्रधानमन्त्रीसहित ४ जनाविरूद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ‌ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका आनन्दराम पौडेलले अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै कारबाहीको मागसहित दिएको उजुरी अख्तियारले दर्ता गरिसकेको छ । ‘प्रधानमन्त्रीले भ्रष्टाचारको प्रमाण पाएपछि पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान… पुरा पढौ

सञ्चार मन्त्रालयको जिम्मेवारी डा. खतिवडाले सम्हाले

अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा.खतिवडालाई कार्यभार तोकिदिएकी हुन् । पुरा पढौ

वामदेव चाडै सांसद !

२०७४ को चुनावमा लज्जास्पद पराजय व्यहोरेका नेकपा उपाध्यक्ष वामदेव गौतम फेरि सांसद बन्ने भएका छन् । कहिले सांसदलाई राजीनामा दिन लगाएर चुनाव लड्ने, कहिले उपचुनाव लड्ने चर्चा चले पनि त्यसो गर्ने हिम्मत नगरेका उनी मनोनित भएर राष्ट्रिय सभा जान लागेका हुन् । राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनुपर्ने प्रावधान नभएकाले त्यसको सांसद नहुने अडान उनले यसअघि राखेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा उनलाई लैजाने तयारी… पुरा पढौ

देशभन्दा ५० अर्ब ठूलो हो र : खनाल

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अध्ययन गर्न बनेको नेकपाको कार्यदलका संयोजक झलनाथ खनालले देशको स्वाभिमान भन्दा ५० अर्ब ठूलो हुनै नसक्ने बताएका छन् । उनले एमसिसीसँग जोडिएका सम्झौतामा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको जनाए । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्‍वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसकेको छ । खनालले भने, ‘एमसिसी यथास्थितिमा अनुमोदन गरे नेपालको राष्ट्रिय हित हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले सम्झौतामा ‘न्युयोर्क स्टेट’को… पुरा पढौ

आइतबारबाट प्रर्दशनी केन्द्रमा क्यान इन्फोटेक

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा सूचना प्रविधि मेला (इन्फोटेक) सुरु हुँदैछ । मेलाको सबै तयारी पूरा भएको शनिबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरेर आयोजकले बताएका छन् । फागुन १५ गतेसम्म चल्ने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारीले बताए । ‘कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ… पुरा पढौ

बाँस्काेटालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठक सकिएको हो। बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  को अनुदानका विषयमा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन पेश भएको छ। नेकपाको एमसीसी अध्ययन कार्यदलले एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो। अब अर्को बैठकम एमसीसीका विषयमा छलफल हुनेछ। नेकपा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको कार्यदलले अध्यक्षद्व ओली र प्रचण्डलाई… पुरा पढौ

एमसिसी अहिलेकै अवस्थामा पारित भए स्वाधीनता खतरामा : खनाल

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको कार्यदलले शु्क्रबार प्रतिवेदन बुझाएको छ । कार्यदलले यससँग जोडिएका सम्झौतामा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा ती बुँदा सच्चाउनुपर्ने सुझाव दिएको छ। संयोजक खनाल भन्छन्, ‘हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं। अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका… पुरा पढौ

बाँस्कोटासँग कमिसन बार्गेनिङ गर्ने मिश्रलाई पक्राउ गरिने

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजय प्रकाश मिश्रलाई पक्राउ गरिने भएको छ। संसदको सार्वजनिक लेखा समितिका सदस्यको चरित्र हत्या गर्ने गरी सार्वजनिक टिप्पणी गरेपछि समितिले मिश्रलाई पक्राउ गरी कारवाही गर्न साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ । बिहीबार बसेको लेखा समितिको बैठकका सदस्यहरुले सञ्चारमन्त्रीसँग जोडिएको भ्रष्टाचार र कमिसनको कुरामा आफूहरुलाई जोडेर बदनाम गराउन खोजिएको भन्दै आपत्ति प्रकट गरेका थिए। सांसदहरुको चरित्र हत्या गरेको आरोपमा समितिको… पुरा पढौ

बास्कोटाको राजीनामा, संसद अवरुद्ध

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रतिनिधिसभा अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बास्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् । कांग्रेसले संसदमा ३ माग राखेको छ । पहिलो बास्कोटालाई बर्खास्त गर्न, दोस्रो कमिसन काण्डबारे सत्यतथ्य संसदमा जानकारी दिन र राजीनामा दिए पनि दोषी देखिए कारवाही गर्न माग गरेको छ । बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई बर्खास्त गरी उनलाई कारवाही गर्ने… पुरा पढौ

नेकपाभित्रैबाट बाँस्कोटाको राजीनामा माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सेक्युरिटी प्रेस कमिसनमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग उठेको छ । बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लैख्दै नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले बास्कोताले राजीनामा दिएर घटनाको सत्य तथ्य छानबिन गर्न अनुरोध गरेका छन् । सेक्युरिटी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं