बाँस्कोटासँग कमिसन बार्गेनिङ गर्ने मिश्रलाई पक्राउ गरिने

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजय प्रकाश मिश्रलाई पक्राउ गरिने भएको छ।

संसदको सार्वजनिक लेखा समितिका सदस्यको चरित्र हत्या गर्ने गरी सार्वजनिक टिप्पणी गरेपछि समितिले मिश्रलाई पक्राउ गरी कारवाही गर्न साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ । बिहीबार बसेको लेखा समितिको बैठकका सदस्यहरुले सञ्चारमन्त्रीसँग जोडिएको भ्रष्टाचार र कमिसनको कुरामा आफूहरुलाई जोडेर बदनाम गराउन खोजिएको भन्दै आपत्ति प्रकट गरेका थिए।

सांसदहरुको चरित्र हत्या गरेको आरोपमा समितिको तर्फबाट सचिव डा। रोजनाथ पाण्डेले बिहीबार साइबर ब्युरोलाई पत्राचार गरेका हुन्। समितिले सांसदहरुलाई भ्रष्ट भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने प्रभातकिशोर उपाध्यायलाई पनि पक्राउ गरी कारवाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेको छ ।