बास्कोटाको राजीनामा, संसद अवरुद्ध

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रतिनिधिसभा अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बास्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् ।

कांग्रेसले संसदमा ३ माग राखेको छ । पहिलो बास्कोटालाई बर्खास्त गर्न, दोस्रो कमिसन काण्डबारे सत्यतथ्य संसदमा जानकारी दिन र राजीनामा दिए पनि दोषी देखिए कारवाही गर्न माग गरेको छ । बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई बर्खास्त गरी उनलाई कारवाही गर्ने प्रक्रिया शुरु नगरेसम्म संसद चल्न नसक्ने बताइन्।

बुधबार राति बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो ।