नेकपाभित्रैबाट बाँस्कोटाको राजीनामा माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सेक्युरिटी प्रेस कमिसनमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग उठेको छ ।

बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लैख्दै नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले बास्कोताले राजीनामा दिएर घटनाको सत्य तथ्य छानबिन गर्न अनुरोध गरेका छन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग बाँस्कोटाले ७० करोड कमिसन मागेको भनिएको अडिओ टेप सार्वजनिक भएपछि त्यसबारे महरले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको सरकारले दोषीलाई कारबाही गरी कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिने बताएका छन् ।

त्यस्तै अनेरास्ववियुका अर्का नेता विजय गौतमले बाँस्कोटालाई राजीनामा दिन लगाएर अनुसन्धानलाई सहयोग पु¥याउन सुझाब दिएका छन् ।