मुख्य समाचार

मालेका महासचिव मैनाली सवार गाडी दुर्घटना,५ घाइते

नेपाल कम्युनिष्ट पार्टी (माले)महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । मैनाली उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, नाति… पुरा पढौ

अधिकारीको सम्झनामा पर्यटन पुरस्कारको घोषणा

ताप्लेजुङको पाथीभरामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति सरकारले पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन्। पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए। मन्त्री भट्टराईले… पुरा पढौ

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको १ वर्ष पूरा

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित ७ जनाको निधन भएको थियो। दुर्घटनामा अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास… पुरा पढौ

पार्टी निर्णय नमाने पार्टी छाड्नुपर्छ : खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। आजको एक दैनिक लाई खनालले भनेका छन्, ‘वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको छ। बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु – पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ। पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि… पुरा पढौ

सबै नेताको सम्पत्ति छानबिन गरौं : बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । ‘म लगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’… पुरा पढौ

बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनलाई राष्ट्रिय सभामा रिक्त हुनलागेको पदमा लैजान लागिएको हो। पुरा पढौ

खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउने भएका छन्। ‘देशमा भएका विकृति, बिसंगति, भ्रष्टाचार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन अभियान सुरू गर्न लागेको खरेलले बताएका छन् । उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा हुने जनाइएको छ । खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वसचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् । पुरा पढौ

राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमण गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका छन् । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२… पुरा पढौ

राष्ट्रपतिलाई थप शक्तिशाली बनाउने प्रधानमन्त्री ओलीको चाहना

संविधान संशोधनका निम्ति नेकपाभित्र पछिल्लो पटक छलफलमा चार एजेन्डा आएको छ । पहिलो एजेन्डाः राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने । दोस्रो एजेन्डाः राष्ट्रपतिको संकटकालीन अधिकार बढाउने । संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरेको छ । तर मुलुकमा त्यस्तो कुनै अप्ठ्यारो आइलागिहाल्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्नेमा नेताहरूले छलफल तीव्र पारेका छन् । मूलतः यो प्रधानमन्त्री ओलीको इच्छामा अघि बढाइएको छलफल हो,’… पुरा पढौ

आज कहाँ-कहाँ हुँदैछ मेघ गर्जन, चट्यांकसहित वर्षा ?

हाल देशमा पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं