बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनलाई राष्ट्रिय सभामा रिक्त हुनलागेको पदमा लैजान लागिएको हो।