नेपाल कम्युनिष्ट पार्टी (माले)महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् ।
मैनाली उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।
दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।






