नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउने भएका छन्।
‘देशमा भएका विकृति, बिसंगति, भ्रष्टाचार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन अभियान सुरू गर्न लागेको खरेलले बताएका छन् ।
उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा हुने जनाइएको छ ।
खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वसचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् ।






