सबै नेताको सम्पत्ति छानबिन गरौं : बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

‘म लगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’

उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने बताएका छन् ।