मुख्य समाचार

नेपाल छाड्ने तयारीमा सुजाता कोइराला

https://www.youtube.com/watch?v=ADLc2NxovYI&t=5s नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । घटना र विचार साप्ताहिकले उल्लेख गरेअनुसारअहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसनिम्ति सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन… पुरा पढौ

पोखरामा बसपार्क कहिले बन्छ ?

पोखरा महानगरपालिका वडा नं. ९ मा भएको बसपार्कको स्थिति बेहाल अवस्थामा छ । बसपार्कको नाममा भएको जग्गा अतिक्रमित भएको अवस्था छ । र विशेषगरी म वडाध्यक्षमा निर्वाचित भएर आएदेखि नै व्यवस्थित बसपार्क बनाउनुपर्छ भनेर लागिरहेको छु । म कुनैबेला नेपाली कांग्रेसको सचिव हुँदैगर्दा त्यतिबेला राज्य पुनसंरचना हुँदैगर्दा महानगरपालिका बनाउनका लागि विभिन्न मापदण्ड हुन्छ । त्यही मापदण्ड अन्तर्गत व्यवस्थित बसपार्क हुनुपर्छ भन्ने थियो । महानगरपालिका बन्यो । महानगरपालिका बनिसकेपछि पनि व्यवस्थित… पुरा पढौ

रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने

यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ । प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । यसैगरी देशभरका स्नातक र… पुरा पढौ

आयोगले पत्ता लगायो हेलिकप्टर दुर्घटनाका कारण

एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटना पाइलट अति उत्साहित भएका कारण हुनसक्ने छानविन आयोगले बताएको छ। ‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ। त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ। त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा… पुरा पढौ

‘मेक्सम’ कमेडी च्याम्पियनबाट आउट

कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन । तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि… पुरा पढौ

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्दा चापागाईसहित ४ पक्राउ

पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ विद्यार्थी पक्राउ परेका छन् । समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत ४ जनालाई प्रहरी गिरफ्तार गरेको समाजवादी पार्टी कास्की अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए । उनीहरु पोखरा सभागृहबाहिरबाट पक्राउ परेका हुन् । प्रहरीले नाराबाजी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरी वडा प्रहरी कार्यालय वैदाममा राखेको छ । पुरा पढौ

अमेरिका उडे बाँस्कोटाका योजनाकार पौडेल

सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । उनी चर्चामा आउनुको कारण हो, प्रेस स्थापनाका लागि खेलेको शंकास्पद भूमिका । सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरुले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए । त्यसको केही समयमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए । थप… पुरा पढौ

मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य, को-को जाँदैछन् ?

सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् ।  यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।  सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको… पुरा पढौ

पोखरामा सुरु भयो सूचना, प्रविधिको कुम्भ मेला

पोखरामा क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक २०२० सुरु भएको हो । नयाँबजारको पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेला गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सुरुआत गरे । शेरचनले विकास र समृद्धिका लागि विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । विकासका लागि विज्ञान र प्रविधिसँगै नैतिकता र अनुशासनलाई पनि जोड दिनुपर्ने उनले बताए । ११ औं… पुरा पढौ

बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध उजुरी

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएको भन्दै प्रहरी प्रधान कार्यालयमा साइबर क्राइमको उजुरी दर्ता गराएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं