पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ विद्यार्थी पक्राउ परेका छन् ।
समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत ४ जनालाई प्रहरी गिरफ्तार गरेको समाजवादी पार्टी कास्की अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए ।
उनीहरु पोखरा सभागृहबाहिरबाट पक्राउ परेका हुन् । प्रहरीले नाराबाजी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरी वडा प्रहरी कार्यालय वैदाममा राखेको छ ।




